पिएम एनभिए भलिबलमा गण्डकी र हेल्प नेपाल अपराजित

पिएम एनभिए भलिबलमा गण्डकी र हेल्प नेपाल अपराजित

मंगलबार पनि ६ खेल हुँदै

pm nva volley photo

पोखरा । प्रधानमन्त्री कप एनभिए भलिबलमा पुरुषतर्फ गण्डकी प्रंदेश र टिप टप हेल्प नेपालले आफ्नो अपराजित यात्रालाई कायम राखेका छन् । नेपाल भलिबलको संघको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यिय कभर्ड हलमा नेपाल भलिबलको संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा गण्डकीले सुदुरपश्चिमलाई र हेल्प नेपालले मणिमुकुन्द क्लबलाई हराउँदै जितलाई कायम राखेको हुन । गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो। २५–१३, २५–२० र २५–२० को सहज जितमा गण्डकीले ३ अंक जोड्यो ।

गण्डकीले ५ खेलबाट १५ अंक जोडेको छ लगातारको पाँचौं हारमा सुदूरपश्चिम चरणबाट बाहिरिएको छ । बाँकी रहेको २ खेल नै जितेपनि सुदूरपश्चिम अघि बढ्न सक्दैन् । सोमबार भएको पुरुषतर्फको तेस्रो खेलमा मणिमुकुन्दलाई ३–० को सोझो सेटमा हराएर हेल्प नेपाल शीर्षस्थानमा उक्लिएको छ । हेल्प नेपालले मणिमुकुन्दलाई २५–२२, २९–२७ र २५–२० ले हरायो । हेल्प नेपालले जत्तिकै १५ अंक जोडेको गण्डकी प्रदेश सेटको आधारमा दोस्रो स्थानमा छ ।

मंगलबार पनि ६ खेल हुँदै

प्रतियोगितामा मंगलबार पुरुषतर्फ ४ खेल र महिलातर्फ दुई खेल हुँदैछन् । महिलातर्फ कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबिच तथा न्यु डायमन्ड स्पोर्टस् क्लब र एपिएफ क्लबबिच हुनेछ । कर्णाली र आर्मी दुबै प्रतियोगिताबाट बाहिरिसेका छन् । पुरुषतर्फ एपिएफ र कोशी प्रदेश, मणिमुकुन्द र सुदूरपश्चिम, गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल तथा नेपाल पुलिस क्लब र त्रिभवन आर्मी क्लबबिच हुनेछ । १५ गतेसम्म चल्ने प्रतियोगिताको दुबैतर्फका विजेताले ८ लाख उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् ।

प्रतिक्रिया