पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ

पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ

dev

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले व्यवसायी माथि कुटपिट गरेपछि पक्राउ गरिएको डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए ।

पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको हो । ‘व्यवसायी माथि कुटपिट गरेपछि नियन्त्रणमा लिएका हौं । थप अनुसन्धान गर्दैछौं,’ सुचना अधिकारीसमेत रहेका डिएसपी बस्नेतले भने ।

वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका प्रशासन महाशाखाका सातौं तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने हातपात गरेका थिए । पराजुलीले अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेका हुन् । पराजुलीले मंगलबार नै पोखराको सर्वेश्वर मार्गका लेखनाथ सुवेदीमाथि हातपात गरेका थिए । सुवेदीले प्रहरी कार्यालयमा उजुरीसमेत दिएका छन् । कर्मचारीलाई वडाध्यक्षले कुटपिट गरेको भन्दै पोखरा महानगरका कर्मचरीले बुधबार कामकाज ठप्प पारेका छन्।

प्रतिक्रिया

भर्खरै