७ जना डिआइजीको सरूवा, गण्डकीमा दिनेशकुमार आचार्य आउने

७ जना डिआइजीको सरूवा, गण्डकीमा दिनेशकुमार आचार्य आउने

home ministry of nepal

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले हिजो आइतबार डिआइजीको सरुवाको निर्णय गरेका हुन् ।

सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख परिवर्तन हुँदा गण्डकी प्रदेशमा दिनेशकुमार आचार्यको सरुवा भएको छ । गण्डकीमा कार्यरत भोलाबहादुर रावलको अनिवार्य अवकाश भएपछि आचार्यलाई प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयबाट गण्डकी सरुवा गरिएको हो ।

डिआइजी दिनेशकुमार आचार्य ।

कोशी प्रदेशमा इश्वर कार्की, मधेश प्रदेशमा उमाप्रसाद चतुर्वेदी, वागमती प्रदेशमा अरुण पौडेलको सरुवा गरिएको छ ।लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्रप्रसाद भट्टलाई पठाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा गोविन्द थपलियालाई सरुवा गरिएको छ । डम्बरबहादुर बिक सुदुरपश्चिम प्रदेशमा सरुवा भएका छन् ।

प्रतिक्रिया

भर्खरै