प्रहीको डिएसपी हुँ भनेर धम्क्याउने  पाैडेल पोखरामा पक्राउ 

प्रहीको डिएसपी हुँ भनेर धम्क्याउने  पाैडेल पोखरामा पक्राउ 

१११

पोखरा। पोखराको सृजनाचोकस्थित ढावा रेष्टुरेन्ट एन्ड बार’मा  प्रहरीको  डीएसपी  भन्दै अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा  बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदी घर भएका ३२  वर्षीय  चन्द्रकान्त पौडेल  रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।   गत वैशाख ७ गते राति करिब १० बजे  रेष्टुरेन्टमा अर्डर गरी खानेकुरा खाएपछि आफू प्रहरी नायब उपरीक्षक (डिएसपी) भएको बताउँदै काउन्टरमा कार्यरत कर्मचारीलाई धाक धम्की दिँदै  उनले अभद्र व्यवहार गरेका थिए।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले बताएको छ । प्रहरीको नाम दुरुपयोग  गरिएको  गतिविधिप्रति  कडाइका साथ कारबाही गर्ने  प्रहरीको भनाइ छ।

प्रतिक्रिया

भर्खरै