पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ साझामा प्रो स्टाइल्स हेयर कट्स एन्ड ब्युटी सैलुन सञ्चालनमा आएको छ । स्थानीय सुष्मा बराल र प्रतिमा बरालले सैलुन सञ्चालन गर्नुभएको हो । अत्याधुनिक सुविधा युक्त सैलुनको आइतबार पोखरामहानगर पालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले रिबन काटेर शुम्भारम्भ गर्नुभयो । बरालद्वयले सैलुन र पार्लर सम्बन्धी ३ महिने तालिम लिएपछि व्यवसाय सुरु गर्नुभएको हो ।
पोखरा महानगरपालिकाले उद्यमशिलताको विकासमा सहयोग पुर्याउन आयोजना गरेको ३ महिने सैलुन तथा पार्लरसम्बन्धी तालिममा उहाँहरु सहभागी हुनुभएको थियो । सिकेको सिपलाई सदुपयोग गर्दै स्वरोगार बन्न व्यवसाय सुरु गरेको सुष्मा बरालले बताउनुभयो । उहाँका अनुसार उत्त ठाउँमा आधुनिक सैलुन नहुँदा पोखराको मुख्यबजारसम्म धाउनुपर्ने बाध्यता रहेको थियो । महिला र पुरुष दुबैका लागि सैलुन र पार्लरसम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध रहेको अर्का सञ्चालक प्रतिमा बरालले बताउनुभयो ।
वडाध्यक्ष बरालले सिप सिकेर स्वरोजगार बन्नु सकारात्मक भएको बताउँदै सैलुनको थालनीले अरुलाई पनि प्रेरणा मिल्ने बताउनुभयो । वडावासीलाई उद्यममा जोड्न विभिन्न किसिमका तालिम वडाले दिँदै आएको बरालको भनाइ छ । केही वर्ष अघिसम्म सैलुन व्यवसायमा पुरुषहरु मात्र सहभागी हुने गरेको भएपनि पछिल्लो सयममा सैलुनप्रति महिलाहरुको आकर्षण बढ्दै गएको छ ।