कास्कीका पत्रकारलाई अदालती रिपोर्टिङ सम्बन्धी तालिम

कास्कीका पत्रकारलाई अदालती रिपोर्टिङ सम्बन्धी तालिम

photo fnj 1

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शुक्रबार र शनिबार भएको थियो । तालिममा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाउँले र कास्की जिल्ला अदालतका अदालत रजिष्ट्रार राजन खनालले शनिबार प्रशिक्षण दिएका थिए । पहिलो दिन शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वसचिव धर्मराज कुँइकेल र प्रदेश किताबखाना तथा सञ्चार समन्वय शाखाका प्रमुख पार्वती लामिछानेले प्रशिक्षण दिएकी थिइन् ।

गाउँलेले अदातलमा हुने इस्यु, कुइँकेलले कानुन निर्माण प्रक्रिया, खनालले अदालतमा मुद्दा दर्तादेखि फैसलासम्मको प्रक्रिया र लामिछानेले प्रदेश सरकारले पत्रकारसँग सम्बन्धित बनाएका कानुुन र प्रदेश सरकारले पत्रकार लागि गरेको कामको बारेमा सहजीकरण गरेका हुन् ।
तालिममा प्रमुख प्रशिक्षक गाउँलेले अदातलमा पत्रकारका लागि आवश्यक समाचारको स्रोत यथेष्ट पाइने भएकाले त्यसको सही सदुपयोग गर्न सुझाव दिए । जसका लागि पत्रकार कार्यक्षेत्र (अदालत) मै पुग्नुपर्नेमा उनको जोड थियो । फैसलाको क्रममा रहेका मुद्दा, फैसला पछि कार्यान्वयनको चरण र न्यायाधीशलाई मुद्दामा एकपक्षीय प्रभाव पार्ने खालको समाचारबाट पत्रकारहरु जोगिनुपर्नेतर्फ उनले सचेत गराएका थिए ।
तालिममा कास्कीका कास्कीका ८० जना पत्रकारहरुको सहभागीता रहेको थियो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अदालती रिर्पोटिङ गर्दा ख्याल गर्नुपर्ने विषयलाई मध्यनजर गदैै तालिम आयोजना गरिएको बताए । तालिम पश्चात पत्रकारहरुले कार्यक्षेत्रमा यसको भरपुर प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । तालिम पश्चात प्रशिक्षार्थीहरु तिलक पुन र रोजी श्रेष्ठले तालिम फलदायी भएको प्रतिक्रिया दिए । तालिममा सिकेको ज्ञानले पत्रकारिताका दौरान सहयोग पुग्ने प्रशिक्षार्थीहरुले बताएका थिए ।

प्रतिक्रिया