केपी ओली कप टी २० क्रिकेटमा गण्डकी र काठमाडौँ फाइनलमा

केपी ओली कप टी २० क्रिकेटमा गण्डकी र काठमाडौँ फाइनलमा

ktm (6)

पोखरा । केपी ओली कप टि २० क्रिकेटको फाइनलमा सिइसी काठमाडौँ र गण्डकी हिरोज भिड्ने भएका छन् । प्रतियोगितामा बिहीबार वर्षाका कारण पहिलो सेमिफाइनल खेल ५ ओभरमा खेलाइयो भने दोस्रो खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि टस गराइएको थियो । फाइनल खेल शुक्रबार बिहान १० बजे सुरु हुनेछ । पहिलो सेमिफाइनलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै काठमाडौं फाइनलमा प्रवेश गरेको हो । वर्षाको कारण समयमा खेल सुरु हुन नसकेपछि ५ ओभर मात्र खेल खेलाइएको थियो । ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले ५ ओभरमा ३ विकेट गुमाउँदै ४७ रनमा समेटियो ।

दोस्रो सेमिफाइनलमा गण्डकी हिरोज विरुद्ध अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट पारी खेलेपनि टसमा दुर्भाग्य भयो । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । अत्तरियाले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर अभिषेक पलले १९ रन जोड्दा उहाँसँगै क्रिज पुगेका दोस्रो ओपनर विपीन रावलले ७२ रनको उत्कृष्ट पारी खेल्दै आउट हुनुभयो । विपीनले ३३ बलमा १२ चौका र २ छक्का प्रहार गर्र्नुभयो । खगेन्द्र जोशी २० रनमा आउट हुँदा उहाँले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्नुभयो । टेक रावत ११ रनमा नटआउट रहँदा निश्चल क्षेत्री ९ रनमा आउट हुनुभयो ।
गण्डकी हिरोजका लागि मिलन बोहोराले ३ दशमलव ३ ओभरमा ३० रन दिदैँ ३ विकेट लिनुभयो ।

नारायण जोशीले १ विकेट लिनुभयो । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा चैत २३ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र म्यान अफ दी म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विजेता र उपविजेतालाई टिमलाई पुरस्कार वितरण गर्ने मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष धु्रव आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया