एक महिना अघि “पानी लिन जाँदा खेरि” भन्ने गीत रिलिज गरेका खनालको आफ्नै शब्द र स्वर रहेको यस गीतमा थानेश्वर गौतमले सङ्गीत गरेका छन् भने बीबी अनुरागीले सङ्गीत संयोजन गरेका छन् ।
१८ वर्ष देखि अमेरिकामा बस्दै आएका खनाल नेपाल मा हुँदा मात्र होइन अमेरिकामा रहँदा पनि गीत सङ्गीत मा उत्तिकै सक्रिय छन् । उनले हरेक वर्ष अमेरिका बाटै पनि एल्बमहरू निकाल्दै आएका छन् । लोकगीत, सङ्गीत र दोहोरी गीतका क्षेत्रमा चार दशक यता सक्रिय खनालको यो गीत “बाँकी छ हेर” माया प्रेममा आधारित गीत छ । खनाल आफैले पनि अभिनय गरेको यो गीतमा उनले यस पटक अहिलेको नयाँ पिँडीका चर्चित दुई मोडेल लाई लिएका छन् सरोज प्रजा र सोनी विश्वकर्मा लाई ।
सुरेन्द्र बसेलले निर्देशन गरेको म्युजिक भिडियोमा पुष्कर पन्त सहित विभिन्न एक दर्जन भन्दा बढी कलाकारहरूले अभिनय र नृत्य गरेका छन् । राकेश दाहाल ले सम्पादन गरेको खनाल को यो म्युजिक भिडियो देव दोर्जे लामाले छायाङ्कन गरेका थिए भने बबिता पोखरेलले नृत्य निर्देशन गरेकी थिइन । गीत प्रिज्मामा रेकर्ड गरिएको थियो ।
हाल सम्म रामप्रसाद खनालले यो गीत सहित एक हजार दुई सय भन्दा बढी गीत गाइसकेका छन् । उनले लोक गीत दोहोरी गीत आधुनिक गीत भजन कीर्तन देखि राष्ट्रिय गीत सम्म र तीजका गीतहरू गायन मा पनि ख्याति कमाइसकेका छन् । खनाल रेडियो नेपालका विशिष्ट श्रेणीका गायक पनि हुन ।
उनका गीतहरू रेडियो नेपाल र नेपाल टेलिभिजनमा सुन्ने हेर्ने दर्शक हरू अहिले युट्युब अमाजोन म्युजिक सिडी बेबी डिस्टोकिड लगायतका इन्टर नेशनल म्युजिक प्लेटफर्म हरू मा पनि उपलब्ध छन् । खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष पनि हुन । हाल सम्म उनका ५५ भन्दा बढी म्युजिक एल्बम प्रकाशित भई बजारमा उपलब्ध छन् । १८ वर्ष देखि सपरिवार अमेरिकामा बस्दै, बिजनेस हरू मा संलग्न छन् तर उनले आफ्नो गीत सङ्गीत कलाकारिता र पत्रकारिता लाई निरन्तरता दिइरहेका छन् ।
नेपालमा लोक गीत र दोहोरीको क्षेत्रमा निकै ठुलो भूमिका निर्वाह गर्नुको साथी योगदान दिएका खनालका थुप्रै शिष्यहरू पनि अहिले नेपालमा राष्ट्रिय स्तरका गायक गायिका र कलाकार बनिसकेका छन् । खनाल तिनै व्यक्ति हुन जसले नेपालमा लोक दोहोरीलाई आजको यो स्थानमा पुर्याउन ठुलो योगदान गरेका थिए ।
म्युजिक भिडियोको लिङ्क