पोखरा ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीले २०८२ को टेबुल क्यालेन्डर विमोचन सहित नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
क्यालेन्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उधोग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्यले आफू एस संस्थाको सदस्य रहेको नाताले पनि ब्यबसायी साथीहरुको समस्या जस्तोसुकै परिस्थितिमा पनि आफु सहयोग गर्न तयार रहेको बताउदै यश संस्थाले सदस्यहरुको हक र हितको लागी धेरै राम्रो काम गरिरहेकोमा बधाई दिदै आगागी दिनहरुमा पनि संघले राम्रो कामलाई निरन्तरता दिनको लागि शुभकामना दिएका थिए ।
सघंका अध्यक्ष यादवराज पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एक नारायण पनेरू सस्थापक अध्यक्ष कमलनाथ कुवंर सर्वश्वर व्यवसायी समितिका अध्यक्ष तुल बहादुर थापा पोखरा हार्डवयर एशोसियसनका अध्यक्ष अर्जुन वहादुर थापा तथा व्ववसायीको तर्फबाट पवित्रमणि पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संघले प्रकाशन गरेको क्यालेन्डरमा सयोग गर्ने व्यवसायीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संघका बरिस्ठ उपाध्यक्ष नारायणी दवाडी सुवेदीले गरेकी थिईन भने संघका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक नवराज त्रिपाठीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सन्चालन संघका महासचिब रूद्व प्रसाद लुईटेलले गरेका थिए ।