पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको सभापतिमा उर्मिला खड्का भण्डारी निर्वाचित हुनुभएको छ । १७ औँ जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएर उहाँले पहिलो महिला सभापतिको इतिहास बनाउन सफलहुनुभएको छ । उहाँले प्रतिष्पर्धी कृष्ण तिमिल्सेनालाई १ मतले पराजित गरी विजयी हुनुभएको हो । उर्मिलाले १ सय २७ मत ल्याउँदा तिमिल्सेनाले १ सय २६ मत पाउनुभएको निर्वाचन समितिले जानकारी दिएको छ । उहाँ कास्की रेडक्रसमा पहिलो महिला सभापति बन्न सफल हुनुभएको हो । यसअघिको कार्यसमितिमा उहाँ उपसभापति हुनुहुन्थ्यो ।
त्यसैगरी महिला उपसभापतिमा १ सय ४२ मत ल्याएर रमा न्यौपाने कोइराला निर्वाचित हुनुभयो । महिला उपसभापतिमका अर्का उम्मेदवार रमा त्रिपाठीले १ सय ५ मत प्राप्त गर्नुभयो । खुल्ला उपसभापतिमा १ सय २९ मत ल्याएर सुरेन्द्र गुरुङ विजयी हुँदा उहाँका प्रतिष्पर्धी खेमराज सापकोटाले १ सय २० मत पाउनुभयो । मन्त्री पदमा १ सय ३३ मत ल्याएर सन्षोध अधिकारी निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धी रमेशराज भण्डारीले १ सय १४ मत प्राप्त गुर्नभयो ।
कोषाध्यक्षमा मोहनसिंह खड्काले १ सय २८ मत पाएर विजयी हुनुभयो भने कोषाध्यक्षका अर्का उम्मेदवार विष्णुप्रसाद भण्डारीले १ सय १९ मत पाउनुभयो । उपमन्त्रीमा १ सय २२ मत ल्याएर डिल्लीराम बराल निर्वाचित हुनुभयो । उपमन्त्रीका अर्का उम्मेदवार राजेशकुमार घिमिरेले १ सय १८ मत पाउनुभयो । उपकोषाध्यक्षमा कालिदास सापकोटा १ सय २९ मत पाएर विजयी बन्दा प्रतिष्पर्धी किसान परियारले १ सय १२ मत पाउनु भयो । सदस्यमा कमलप्रसाद पौडेल, खगेन्द्रराज पराजुली, नवराज पौडेल, महेश्वर दवाडी, सुवास अधिकारी, सूर्यप्रसाद तिमिल्सेना, श्रीकान्त पौडेल, पार्वती कार्की, भगवती गुरुङ र बविता सुवेदी निर्वाचित हुनुभएको छ ।