पोखराकाे टेम्पल ट्री रिसाेर्ट १५ औं वर्षमा, कर्मचारीलाई सम्मानसहित आश्रमलाई सहयोग

पोखराकाे टेम्पल ट्री रिसाेर्ट १५ औं वर्षमा, कर्मचारीलाई सम्मानसहित आश्रमलाई सहयोग

temple tr

पोखरा । पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले स्थापनाको १४ वर्ष पुरा भई १५ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान वर्ष उत्कृष्ट कर्मचारीलाई मेडल सहित सम्मान प्रदान गरेको छ । वर्ष उत्कृष्ट कर्मचारीको उपाधि तिर्थराज अधिकारीले पाए ।

त्यसै गरी दिर्घ सेवा पुरस्कारबाट रामकृष्ण कडेल १० वर्ष तथा निर्मला विष्ट, सविन पौडेल र अमित घलेले ५ वर्षदेखि रिसोर्टमा काम गर्दै आएमा उनीहरुले दिर्घ सेवाबाट सम्मानीत भए । उनीहरुलाई रिसोर्टका अध्यक्ष वसन्त गौतम, निर्देशक प्रेम श्रेष्ठ, रञ्जनकृष्ण श्रेष्ठ लगाएतले अवार्ड सहित मायाको चिनो प्रदान गरे । रिसोर्टमा १ सय ३ जना कर्मचारी कार्यरत छन् । कार्यक्रममा रिसोर्टका अध्यक्ष बसन्त गौतमले रिसोर्टको सामाजीक उत्तरदायीत्व अन्तरगत ४ लाख रुपैया विभिन्न ठाउँमा सामाजीक सेवामा प्रयोग गर्ने बताए । उनले संञ्चालक र कर्मचारीको मेहनतले रिसोर्टले उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताए ।

पाहुनाहरुलाई प्रदान गरेको सेवा, कर्मचारीहरुको मेहनत, सञ्चालकहरुको लगाव, धैर्यता तथा रिसोर्टका आफ्नैं विशेषताका कारण टेम्पल ट्री रिसोर्ट स्थापना देखी नै सफल भएको बताए । कार्यक्रममा निर्देशक प्रेमकृष्ण श्रेष्ठ, डपुटी अपरेशन म्यानेजर सुमित भण्डारी लगाएतले सबैको मिहिनेतले नै सफल भएको बताए ।

रिसोर्टले वार्षिकोत्सवकै अवसरमा पोखरा ६ मा रहेको निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ । रिसोर्टका मानव संसाधन विभाग प्रमुख रामकृष्ण कँडेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा रिसोर्टमा कार्यरत कर्मचारी कलाकारहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो वर्ष सबैभन्दा बढी कर दाखिला गर्ने करदाता टेम्पल ट्रि रिसोर्ट प्रालीलाई सम्मान गरेको थियो । टेम्पल ट्रि रिसोर्ट प्रालीले आर्थिक वर्ष २०७९÷०८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व बुझाएको थियो ।

फेवाताल नजिकैको बुटिक रिसोर्टमा डिलक्स, सुपर डिलक्स, जुनियर स्विट र एक्जुकेटिभ स्विट विशेषताका ६८ वटा कोठाहरु रहेका छन् । रिसोर्टमा स्विमिङ पुल, ज्याकोजी, जिम, फिटनेस सेण्टर लगायतका सुविधाहरु छन् । परम्परागत गाउँले शैली झल्कने रिसोर्टका प्रत्यक कोठामा छुट्टाछुट्टै बल्कोनी रहेका छन् । बजारको विच भागमा रहेर पनि रिसोर्ट भित्रको शान्त वातावरण, सुन्दर बगैचा पाहुनाहरुको रोजाइमा पर्ने गरेको छ ।

प्रतिक्रिया

भर्खरै