पाेखरा । लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक हुन् चोलेन्द्र पौडेल । उनका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल पनि पौडेल गीतसंगीतमा नै निरन्तरता दिँदै आएका छन् । देश विदेशका सांगीतिक कार्यक्रममा समेत उनको प्रस्तुति रहन्छ । समय मिलाएर नयाँ सिर्जना पस्कने समेत गरेका छन् ।
पोखरामा रहेर पनि पौडेलको क्रियाशिलता लोकदोहोरीमा लोभलाग्दो छ । पौडेलको सालिनता र लगावले नै उनको परिचयलाई बढ्वा दिइएको छ । सामाजिक क्रियाकलापमा समेत उनको सक्रियता पाइन्छ ।
हालै तुलसी क्षेत्री र चोलेन्द्र पौडेलको स्वरमा रहेको ‘घर मेरो कास्की ’ बोलको गीत सार्वजनिक भएको छ। गायिका तुलसी क्षेत्रीको युट्युबबाट उक्त गीतको म्युजिक भिडिओ सार्वजनिक भएको हो। गीत चोलेन्द्र पौडेलको शब्द र संगीतमा बनेको हो।
सुनिल क्षेत्री र अस्मिता रणपालको अभियन रहेको भिडिओलाई होम गुरुङले निर्देशन गरेका हुन्। अबी वाग्लेले कोरियोग्राफी गरेको भिडियो गणेश सापकोटाले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।
तुलसी क्षेत्री पनि पोखराबाट संगीत संघर्ष गरिरहेकी छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको अध्यक्ष रहेकी क्षेत्रीकाे स्वरमा रहेका ‘जाम झोला बोकेर’, ‘मोहनी बोलीमा’, ‘मोहनी फुकाईदेउ’, ‘दाइ दाइ नभन मलाई’ लगायत दर्जनौं गीत रुचाइएका छन् ।