सवारी दुर्घटनामा पाेखरामा २ काे मृत्यु

सवारी दुर्घटनामा पाेखरामा २ काे मृत्यु

accident_UPDhwBMd6M

पोखरा ।  पोखराको लेकसाइडमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निधन हुनेमा मोटरसाइकल चालक पोखराको कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र त्यसैमा सवार पोखरा–८, सिमलचौरका २० वर्षीय सुजल अधिकारी हुनुहुन्छ ।

बिहानीपख लेकसाइडबाट सहिदचोकतिर आउँदै गरेको ग१३प ६७१९ नम्बरको मोटरसाइकलका चालकले नियन्त्रण गुमाई सोलार पोलमा ठोक्किएको प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले बताउनु भयो ।

दुर्घटनामा गम्भीर घाइते बन्नुभएका दुवैलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अस्पतालमा चिकित्सकले रानाभाट र अधिकारी दुवैलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

भर्खरै