चौरासीसम्म एमाले  र कांग्रेसको सहकार्य, तर चुनावमा नयाँ समीकरण बन्छ :  नेता ज्ञवाली

चौरासीसम्म एमाले  र कांग्रेसको सहकार्य, तर चुनावमा नयाँ समीकरण बन्छ :  नेता ज्ञवाली

pradeep-gyawali-photo

पोखरा ।  नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता सहकार्यले मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लगेकाले सहकार्य जारी रहने बताउनुभएको छ ।

नेकपा (एमाले) केन्द्रीय पार्टी स्कुल विभागको सहकार्यमा एमाले कास्कीले पोखरामा बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले २०८४ सालसम्म दुई पार्टीको सत्ता सहकार्य हुने र चुनावमा नयाँ समीकरण बन्ने बताउनुभयो ।

‘नेकपा (एमाले) र नेपाली कांग्रेसबिचमा प्रतिष्पर्धा र सहकार्यको छुट्टाछुट्टै क्षेत्र छन्’ उहाँले भन्नुभयो, ‘२०४८ सालदेखि अहिलेसम्म आउँदा दुई पार्टी नै मुख्य प्रतिष्पर्धी भए पनि राजनीतिक स्थायित्वको लागि सहकार्य गरिएको हो ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ सिट सत्ता स्वार्थमा दूरुपयोग गरेकाले त्यसलाई रोकेर राजनीतिक स्थायित्वका लागि दुई पार्टीको सहकार्य भएको उहाँले स्पस्ट पार्नुभयो ।

एमाले र कांग्रेसले गत असारदेखि सहकार्य गरेपछि अर्थतन्त्र चलायमान भएको र लगानी बढ्दै गएको उहाँको भनाइ छ । राजीतिक स्थायित्व, अर्थतन्त्रको विकास र समृद्धिलाई तीव्रता दिन एमाले नेतृत्वको सरकार लागिपरेको दाबी उहाँको छ ।

‘लोकतन्त्र र अराजतकता सँगै जान सक्दैन’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालमा देखिएको विकृतिलाई रोक्नका लागि सरकारले अध्ययादेश ल्याएको हो, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति लक्षित छैन ।’ यो सरकारले संकटलाई पार लगाएर मुलुकलाई समृद्धितर्फ लग्ने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds