बागलुङका पुराना वामपन्थी नेता शर्माको बिहीबार अन्त्येष्टि गरिने

बागलुङका पुराना वामपन्थी नेता शर्माको बिहीबार अन्त्येष्टि गरिने

ramji-sharmaa

पोखरा । पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको ६८ वर्षको उमेरमा निधन भएको छ । उनको भारतमा उपचारको क्रममा निधन भएको हो । मिर्गौलामा समस्या भएपछि पूर्वमन्त्री शर्मालाई उपचारका लागि भारत लगिएको थियो । शर्मा बागलुङका पुराना वामपन्थी नेताका रुपमा परिचित थिए ।

उनले लामो समय एमालेको राजनीति गरेका थिए । उनी संविधानसभामा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।  नेकपा एमालेका केन्द्रिय सदस्य समेत भइसकेका शर्माको भारतस्थित एक अस्पतालमा उपचारको क्रममा सोमबार निधन भएको हो । मृगौला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको बताइएको छ ।

पछिल्लो समय उनी नेकपा एकिकृत समाजवादीमा क्रियाशिल थिए । उनी एकिकृत समाजवादी गण्डकी प्रदेश कमिटीका निवर्तमान अध्यक्ष तथा पूर्व स्थायी समिति सदस्य हुन् । शर्माको शव बुधबर बेलुकासम्म बागलुङस्थित घरमा ल्याइपुराइने र बिहीबार बिहान अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टि गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमल घिमिरेले बताए । शर्मालाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बुधबार नै बागलुङ आइपुग्ने कार्यक्रम तय भएको इन्चार्ज घिमिरेले बताए ।

प्रतिक्रिया