पोखरामा करार कर्मचारी विवादले नगर सभा अवरुद्ध, कार्यालयमा ताला

पोखरामा करार कर्मचारी विवादले नगर सभा अवरुद्ध, कार्यालयमा ताला

Pokhara-Nagar-Sava-Photo-3-1024×768

पोखरा । पोखरा महानगरपालिकामा करार कर्मचारी विवाद उत्कर्षमा पुगेको छ । करार कर्मचारी हटाउने वा नहटाउने विषयमा प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेको मत बाझिएको छ । काँग्रेस जुनसुकै हालतमा करार कर्मचारी हटाउनुपर्ने अडानमा छ भने एमाले नहटाउने पक्षमा छ । करार कर्मचारी विवादकै कारण एमालेले विशेष नगर सभासमेत माग ग¥यो । विशेष सभा बस्यो पनि । लामो समयको वार्ता र संवादपछि करार कर्मचारी हटाउन एमाले पनि सहमत भयो । त्यसपछि महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिएको छ । केही समय शान्त बनेको कर्मचारी समस्या फेरि बल्झिएको छ ।

कर्मचारी खटनपटनलगायत कारण देखाएर नेकपा (एमाले) ले सोमबार बसेको नगर सभाको बैठक बहिस्कार गरेको छ । सोमबार सभा सुरु हुनासाथ एमालेका जनप्रतिनिधिले नाराबाजी गदै बहिष्कार्र गरपछि मे े यर धनराज आचार्यले नगर सभा सवा ४ बजेसम्मका लागि स्थगित गरे । त्यसपछि पनि एमाले सभामा उपस्थित भएन । आचार्यले माघ १० गतेसम्मका लागि अधिवेशन स्थगित गरिदिए । करार र काज कर्मचारी हटाउँदा विभेद गरेको आरोप एमालेको छ । यस्तै, यसअघि बसेको विशेष नगर सभाका निर्णयहरु कार्यान्वयन नभएको आरोप पनि लगाएको छ । एमाले दलका नेता राधिका शाही कर्मचारीमा विभेद गरिएको र नगर सभाको निर्णय कार्यान्वयन नभएकोले अवरोध गरिएको बताउँछिन् ।

‘विशेष नगर सभामा भएको निर्णय पालना भएको देखिएन ।कार्यविधि बनाएर नियमित नगर सभामा पेश गर्ने भनेको थियो, त्यो पनि आएन । लिखित प्रतिवेदन आउनुपर्छ भन्ने माग साथीहरुको हो,’ उनले भनिन्,‘विशेष नगर सभामा भएका ८ वटा निर्णयहरु अक्षरशः पालना हुनुपर्छ, किन भएन ? काज र करार केही चिठी बनाएको, केही नहटाएको छ । कर्मचारीमा विभेदकारी नीति भयो । कि सबैलाई हटाउनुपर्छ, कि सबैलाई राख्नुपर्छ भन्ने माग हो ।’ उनले भ्रमण निर्दे शिका बनाएर नियमित सभामा पेस गर्ने भनिए पनि आउन नसकेकोमा गुनासो गरिन् । करारका कर्मचारी हटाउने विषय पनि सबैलाई लागु नभएको, कर्मचारी र जनप्रतिनिधि विदेश भ्रमणसम्बन्धी कार्यविधि नल्याएको, कुल बजेटको २५ प्रतिशत रकमान्तर गर्न खोजेको तर शीर्षक उल्लेख नभएको जस्ता गुनासा एमालेको छ । काँग्रेसले सुरुदेखि नै बहुमत पुगेपछि बैठक स्थगित गर्न नहुने बताउँदै आएको थियो ।

उनीहरूले १ सय ५१ जना जनप्रतिनिधिले हस्ताक्षर गरेकाले नगर सभाको एजेण्डा पेस गर्न मेयर आचार्यलाई आग्रह गरेका थिए । एमालेले बहिष्कार गरेर सभा स्थगितपछि काँग्रेसले भने महानगरपालिकामा ताला लगाएको छ । सभा चलाउन आवश्यक गणपुरक संख्या पुगे पनि मेयर आचार्यले अचानक सभा स्थगित गरेको आरोप कांग्रेसको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडा ४ का अध्यक्ष देवकृष्ण पराजुली बहुमत उपस्थितिमा पनि नगर सभा स्थगित गर्नु कानुन विपरीत भएको बताउँछन् । नगर सभामा एमालेबाट ८६ जना जनप्रतिनिधि छन् भने नेपाली कांग्रेसका ८१ जना जनप्रतिनिधि छन् । मेयर आचार्य एक जनामात्र नेकपा एकीकृत समाजवादीका हुन् ।

सोमबार बसेको नगर सभामा भवन नियमित तथा अभिलेख कार्यविधिको पहिलो संशोधन, आर्थिक ऐनको पहिलो संशोधन, पूर्वाधार तथा भवन निर्माण मापदण्डको पहिलो संशोधन र महानगरको शिशुवा अस्पतालको संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची थियो । आजको आदर्श समाज दैनिकमा समाचार छ ।

प्रतिक्रिया