माघ ४ देखि मादी गाँउपालिकाको नागीधारमा महोत्सव हुदै

माघ ४ देखि मादी गाँउपालिकाको नागीधारमा महोत्सव हुदै

Messenger_creation_0B5739FE-6C7B-4AA2-BC3D-413FCD326461

पोखरा ।

मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा माघ ४, ५ र ६ गते नागीधार महोत्सव हुने भएको छ ।

नागीधार गाउँको सर्वाङ्गिण विकासमा क्रियाशील सामाजिक संस्थाहरु श्री नागीधार सिर्जनशील युवा क्लब, श्री सबुदुम्हर्सो तमु समाज नागीधार र श्री नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा श्री नागीधार टोल विकास संस्था, श्री नागीधार विश्वकर्मा एकता समाज, श्री सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवर्धनमा महोत्सव हुन लागेको महोत्सव सन्चालन संयुक्त मुल आयोजक समितिका संयोजक तथा मादी – ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङ्ले बताउनुभयो ।

नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन प्रवर्धन, खेलकुद प्रवर्धन, संस्कृति संरक्षण तथा प्रवर्धन, मनोरन्जन साथै प्रचाप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नेदा तमु सेवा समाज पोखराका अध्यक्ष राजकुमार गुरुङ्ले बताउनुभयो ।

महोत्सवमा खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामुहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समुह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृस्न चलित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुती, सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुती रहने छन् ।


त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागी खुल्ला श्रुती लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागी मादी – ८ को समृध्दि र पर्यटन प्रवर्धनका लागी सम्भावनाहरु के के हुन सक्छन् भन्ने शिर्सकमा खुल्ला वक्तित्वकला प्रतियोगिता राखिएको सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष होम बहादुर गुरुङ्ले जानकारी दिनुभयो ।

महोत्सवलाई सफल पार्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ

महोत्सव सन्चालनका लागी अनुमानित ७ लाख खर्च लाग्ने सबुदुम्हर्सो तमु समाज नागीधारका सचिव नरेश गुरुङ्ले जानकारी दिनुभयो ।

३ दिनसम्म चल्ने उक्त महोत्सवलाई ५ हजार जना दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै प्रतियोगिताहरुमा सहभागिताका लागी फुटबल तर्फ ३० टीम , सामुहिक नृत्य तर्फ १५ टीम , रसी तान्ने तर्फ १० टीम र छेलो फाल्ने प्रतियोगिता तर्फ धेरैजनाको सहभागिता रहने अपेक्षा गरिएको खेलकुद संयोजक तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिनुभयो ।

पोखरा -१३ भद्रकाली काँहुखोला बाट भैसे , भगवतीटार , थुम्सीकोट, गहते, मिजुरे, पाखुरीकोट गाउँ हुँदै ३५ किमि को दुरीमा नागीधार गाउँ सवारीसाधन बाट सजिलै पुग्न सकिने नागीधार सिर्जनशील युवा क्लबका उपाध्यक्ष बसन्त गुरुङ्ले जानकारी दिनुभयो । त्यस्तै पोखरा – २६ बिजयपुर बाट कालिका, सौरे, भगवतीटार भएर पनि पुगिन्छ भने पोखरा -३१ बेगनास बाट सौरे, भगवतीटार थुम्सीकोट भएर पनि नागीधार गाउँ पुग्न सकिन्छ । पोखरा बाट थुम्सीकोट सम्म २० किमि सडक पिच रहेका छन् भने बाँकी १५ किमि कच्ची रहेका छन् । हाल नागीधार र पाखुरीकोट गाउँमा केहि होम स्टेहरु र स्थानीय होटेलहरु समेत सन्चालनमा रहेका छन् ।

प्रतिक्रिया