पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत समितिहरुको बैठक सम्पन्न

पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत समितिहरुको बैठक सम्पन्न

467447237_1304742150680794_1077269028900425446_n

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न बस्तुगत समितिहरुको बैठक सम्पन्न भएको छ ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघको कार्यालयमा भएको कार्यक्रममा वोल्दै पोखरा उद्योग वाणिज्य संघको बस्तुगत समन्वय समितिका संयोजक पुथ्वीराज तिमल्सेनाले पोखरा उद्योग वाणिज्य संघले आफुलाई दिएको जिम्मेवारी पुरा गर्नको लागी उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न वस्तुगत समितिका अध्यक्ष लगाएत पदाधिकारी तथा सदस्यहरुसँग सल्लाह सुझाव लिएर आफुले काम गर्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघका सदस्य तथा बस्तुगत समन्वय समितिका सदस्य मनोहरि पौडेलले बस्तुगत व्यवसायीहरुका समस्याहरु आफुहरुले वाणिज्य संघको हरेक वैठकहरुमा राख्ने गरेको बताउदै पोखरा उद्योग वाणिज्य संघले यहि माघ १० गतेदेखि १७ गते सम्म आयोजना गर्न लागेको राष्ट्रिय औधोगिक व्यापार मेला एंव आईटी महोत्सवलाई सफल पार्न विभिन्न बस्तुगत समितिहरुलाई आग्रह गरे ।


कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्यहरु तथा बस्तुगत समन्वय समितिका सदस्यहरु दुर्गा बराल तथा सुर्यराज घिमिरेले पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न २९ वटा बस्तुगत समितिहरु मिलेर आइपर्ने समस्यहरु समाधान गर्दे जानुपर्ने बताउदै यस्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आएका सल्लाह सुझावहरुलाई उद्योग वाणिज्य संघको बैठकमा लैजान सयोग पुग्ने बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न बस्तुगत समितिका अध्यक्ष लगाएत प्रतिनिधिहरुले विभिन्न सुझाव दिएका थिए भने पोखरा उद्योग वाणिज्य संघले यहि माघ १० गतेदेखि १७ गते सम्म आयोजना गर्न लागेको राष्ट्रिय औधोगिक व्यापार मेला एंव आईटी महोत्सवलाई सफल पार्न आफुहरुले सयोग गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष एक नारायण पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष नवराज त्रिपाठीले स्वागत मन्तव्य राखेका थिए भने संघका महासचिव नारायणी दवाडीले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

प्रतिक्रिया