कास्की प्रहरीले पक्राउ गर्‍यो ५१ जना फरार प्रतिवादी

कास्की प्रहरीले पक्राउ गर्‍यो ५१ जना फरार प्रतिवादी

Kaski-Police-DPO

पोखरा ।  एक महिनाको अवधिमा प्रहरीले ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । मंसिर १ ३० गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी  ४१ जना पुरुष र  १० पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएको छ ।

उनीहरुबाट  ८ वर्ष ९ महिना ४ दिन कैद सजाय र एकसठ्ठी लाख तेईस हजार छ सय जरिवाना असुल गर्न अदालतमा उपस्थित गराइएको छ

पक्राउ व्यक्तिहरु तथा मुद्दाको संख्यात्मक विवरण 

  • चेक अनादार मुद्दामा – ३३ जना
  • चोरी सम्बन्धी मुद्दामा – २ जना,
  • बालबालिका विरुद्धको कसूरमा – १ जना
  • बाल यौन दुरुपयोग मुद्दामा – १ जना
  • बैंकिङ कसुर मुद्दामा – ६ जना
  • लागू औषध सम्बन्धी मुद्दामा -३ जना
  • लिखत सम्बन्धी मुद्दामा – २ जना,
  • लेनदेन बिगो मुद्दामा – २ जना,
  • सवारी ज्यान सम्बन्धी मुद्दामा – १ जना

प्रतिक्रिया