नेपालय नेटर्वकका  सम्पादक बराल पत्रकार महासंघ कास्कीको अध्यक्षमा निर्वाचित

 नेपालय नेटर्वकका  सम्पादक बराल पत्रकार महासंघ कास्कीको अध्यक्षमा निर्वाचित

madhav baral 8

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा नेपालय नेटवर्क डटकमका सम्पादक माधव बराल निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न भएको मत गणनामा माधव बराल १ सय ५ मतसहित निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी राजेन्द्र अधिकारीले ९६ मत ल्याए । शुक्रबार सम्पन्न भएको मतदानमा २ सय २० मतदाता मध्ये २ सय ५ जनाले मतदान गरेका थिए । महासंघको उपाध्यक्षमा माधवप्रसाद रेग्मी निर्वाचित भए । रेग्मीले ९० मत ल्याउँदा उनका प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ र कमल पौडेल‘अथक’ले ३५ मत ल्याए । महिला उपाध्यक्षमा १ सय ९ मतसहित कञ्चन थापा निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी विना कुमारी थापाले ८७ मत ल्याइन् ।

सचिवमा १ सय २ मतसहित भुपाल गुरुङ निर्वाचित भए । उनका प्रतिस्पर्धी सन्देश श्रेष्ठले ९८ मत ल्याए । यस्तै समावेशी सहसचिवमा १ सय २६ मतसहित धनबहादुर गुरुङ (सुमन) निर्वाचित भए । उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए । खुल्ला सचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी श्रीभद्र पौडेलले ८० मत ल्याए । कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुरेश अधिकारीले ८० मत ल्याए ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको खुल्ला सदस्यमा अर्जुन गाहामगर सुशान्त १ सय ५१, गौरव त्रिपाठी १ सय ४३, राजु गिरी १ सय ३२, बालकुमारी पौडेल १ सय २९, सन्तोष सुवेदी १ सय २८, रिखिराम जिसी १ सय १७, तुलसीराम सुवेदी १ सय ७, निराजन अधिकारी १ सय ६, पुष्पराज दाहाल १ सय ४ मत ल्याएर विजयी भए । महिला सदस्यमा कविता घर्तीमगर १ सय १, दलित सदस्यमा सुरेश सुनार १ सय ४३ मत ल्याएर विजयी भए ।

आदिवासी सदस्यमा पुनम थापा मगर र अन्य समावेशी सूर्य परियार निर्विरोध निर्वाचित भए । राष्ट्रिय परिषद सदस्य आरजु विष्ट १ सय २४, दिननाथ बराल १ सय १६, कृष्णमणि बराल १ सय ९, भरत कोइराला १ सय ८ राजबहादुर गुरुङ १ सय ८ मतका साथ विजयी भए ।

नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश परिषद् सदस्यमा नेपालय नेटर्वकका कार्यकारी सम्पादक मनोहरि पौडेल सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित बराल २०५९ सालदेखि पत्रकारितामा सक्रिय छन् । बराल यसअघिको नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमितिमा सचिव थिए । पोखरा २८ कालिका स्थायी घर भएका बरालले नेपाल समाचारपत्र दैनिक, हिमाल खबर पत्रिका, अन्नपूर्ण पोस्ट दैनिक, रेडियो अन्नपूर्ण, समाधान दैनिक, हट्लाइन दैनिक, माछापुच्छ्रे एफएम, पब्लिक फोरके टेलिभिजनमा पनि  काम गरेका थिए । उनी पोखरा महानगरपालिकाका संस्थापक मेयर मानबहादुर जिसीको प्रेस संयोजक भएर ४ वर्ष काम गरेका थिए ।

प्रतिक्रिया