गोरखा नगरपालिका ५ मा मतगणना सुरु

गोरखा नगरपालिका ५ मा मतगणना सुरु

गोरखा । गण्डकी प्रदेशमा गोरखा नगरपालिका वडा नम्बर ५ मा भएको अध्यक्षको निर्वाचनमा मत गणना सुरु भएको छ । सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए । वडा ५ को कार्यालयमा जारी मतगणना स्थललाई तारजालीले बारेर सुरक्षित गरिएको छ भने निगरानीका लागि सिसी क्यामेरा समेत जडान गरिएको छ । १ हजार ३ सय ७३ मत खसेकाले नतिजा राति नै आइसक्ने कार्यालयले जनाएको छ ।

 वडाध्यक्ष खिलबहादुर रानाको २०७९ सालकै  तिहारको भाइटीका दिन निधन भएपछि आज निर्वाचन भएको  हो ।  घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो । गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

नेकपा एमालेले उनकै श्रीमती दुर्गामाया रानालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । कांग्रेसबाट भाइकाजी आले, माओवादी केन्द्रबाट विष्णुबहादुर राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगलबहादुर थापाको उम्मेदवारी परेको छ । त्यस्तै मंगल नेशनल अर्गनाइजेशनबाट भवानी थापा मगर, नेशनल रिपब्लिक नेपालकी सविना तामाङ, राप्रपाकी कल्पना राना, राप्रपा नेपालका रुपसिंह राना, नेकपा (एस) का खड्गबहादुर भुजेल र नेपाल समाजवादी पार्टीका रुपेश मग्रातीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै