पोखराको ढुंगेसाँघुमा हुने शुक्लागण्डकी कोटीहोमको तयारी पूरा

पोखराको ढुंगेसाँघुमा हुने शुक्लागण्डकी कोटीहोमको तयारी पूरा

467943523_1306342250528777_1921325361340700436_n

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुंगेसाँघु पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटीहोम–२०८१ को तयारी पूरा भएको छ । कोटीहोमको सोेमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा मंसिर १७ देखि २७ गतेसम्म कोटीहोम हुन लागेको हो । ढुंगेसाँघु, पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटीहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरी भव्य सजावट गरिएको छ ।

कोटीहोम उद्घाटन पहिले बिहान १० बजे पोखरा महानगरपालिका वडानम्बर १५ कार्यालय अगाडिबाट कलश यात्रा सुरु हुने धामका अध्यक्ष मदन गिरीले जानकारी दिए । वडा कार्यालय अगाडिबाट सुरु हुने कलश यात्रा राधोराधे मन्दिर, रामबजार, घलेचोक, टुटुङगा, नयाँगाउँ, बनक्याम्पस, किन्तपुरचोक, ढुङगेसाँघु चोक, हुदैँ पट्नेरी धाममा पुग्नेछ । दिउँसो १ बजे प्रदेश प्रमुख भट्टले कोटीहोमको उद्घाटन गर्ने छन् ।
कोटीहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल पोखरा आइसकेका छन् । कोटीहोममा १५ भन्दा बढि बाचकलाई निम्ता गरिएको आयोजकले जनाएको छ ।

धाममा १०८ शिवलिंग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने उद्देश्यका साथ कोटीहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।

प्रतिक्रिया