पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट संरक्षित बन्यजन्तु घोरलको सिङसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्सरे मेसिनमा युक्रेनका नागरिक २१ वर्षिय पीलीप जील्को भीस्कीको निलो झोला चेकजाँच गर्ने क्रममा संरक्षित बन्यजन्तु घोरलको सिङ फेला पारेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
घोरलको सिङसहित पक्राउ परेका भीस्कीलाई वडा प्रहरी कार्यालय रामबजारबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि पोखर १५ नयाँगाउमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको कार्यालयमा बुझाएको छ ।