प्राइम सहकारीको रकम अपचलनमा एक जना कारागार चलान

प्राइम सहकारीको रकम अपचलनमा एक जना कारागार चलान

shankar-narayan-stha

पोखरा । सहकारी ठगी प्रकारणमा पक्राउ परेका तनहुँ व्यास नगरपालिका वडा नं. १० बस्ने ५६ वर्षका शंकरनारायण श्रेष्ठ जेल चलान भएका हुन् ।

पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा उनीकारागार चलान भएका हुन् ।

अदालतले आज ५० लाख धरौटी माग गरेकोमा उक्त रकम तिर्न नसकेपछि उनलाई कारागार चलान गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । गत मंसिर ८ गते कास्की प्रहरीले पक्राउ गरी कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

प्रतिक्रिया