गण्डकी सरकारको चार महिनामा ११ प्रतिशत मात्र बजेट खर्च

गण्डकी सरकारको चार महिनामा ११ प्रतिशत मात्र बजेट खर्च

Gandaki-Ministry

पोखरा । सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षकोे ४ महिनामा कुल बजेटको ११ दशमलव १ प्रतिशतमा मात्रै खर्च गरेको छ । सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट ल्याएको थियो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयकाका अनुसार गत साउनदेखि कात्तिकसम्म ३ अर्ब ६६ करोड १९ लाख ९५ हजार मात्र सरकारले खर्च गरेको छ । चालुगततर्फ १ अर्ब ९१ करोड र पुँजीगततर्फ १ अर्ब ७४ करोड खर्च भएको हो । प्रदेश सरकारले यो वर्ष चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार बजेट विनियोजन गरेको छ ।

गत वर्ष वर्षमा यही अवधिमा १० दशमवल नौ पाँच प्रतिशत बजेट खर्च भएको तथ्यांक छ । गत वर्ष करिब ६७ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले सबैभन्दा बढी असार महिनामा निकास भएको थियो ।

प्रतिक्रिया