जबरजस्ती याैन कार्यमा लगाइएका ४ बालिकाकाे प्रहरीले उद्दार गरेको छ । उद्दार गरिएका बालिकाहरुले ललाई फकाई राम्रो होटलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुबिधा छ भन्ने विश्वासमा पारी कोठा बाहिर समेत निस्किन नदिई पर पुरुष व्यक्तिहरुसंग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याएको प्रहरी समक्ष बताएका छन् ।
पक्राउ परेकालाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दीएको छ ।