पोखरा । शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका वडा नं २८ मा सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक कार्यशाला भएको छ । वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न लागेको सो कार्यक्रमका फोकल पर्सन सुशीला नेपालीले जानकारी दिइन् । कार्यक्रमको प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्यका साथ यस किसिमको कार्यशाला आयोजना गरिएको उनले बताए ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा महानगरपालिका वडा नं २८ कृषि, पर्यटन लगायतका क्षेत्रमा धेरै सम्भावना बोकेको बताउँदै यहाँको सम्भावनालाई उजागर गर्ने किसिमका कार्यक्रममा जोड दिनुुपर्ने बताए । प्राकृतिक स्रोतको दिगो प्रयोग, बन र जमिनको प्रवद्र्धनका साथै बजार पहुँचमा सुुधार गर्नुुपर्नेमा जोड दिदै उहाँले पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्नुु जरुरी भएको धारणा राखे । पर्यटकीय रुपमा यहाँका ठूलाकोट, वलीडाँडा, चुत्राको डाँडा, चिन्तेकोडाँडा हुँदै रोयल ट्रेकलाई प्रवद्र्धन गर्दै यिनीहरूको पर्यटकीय उपयोग गरी स्थानीयको आयआर्जन बढाउन सकिने उनको भनाइ छ । पोखरा २८ मा कृषिका सम्भावना बारे उनले बताएका थिए ।
पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामछानेले वडा भित्रका हरेक सम्भावनालाई उजागर गर्ने गरी काम थालिएको बताए । पछिल्लो समयमा कृषि पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुँदै आएको चर्चा गर्दै उनले स्थानीय जागरुकता अभिवृद्धिका लागि यस किसिमका कार्यक्रम महत्वपूर्ण बन्ने बताए । कृषि उत्पादनको बजारीकरणका माध्यमबाट स्थानीयको स्वरोजगार अभिवृद्धि गर्दै आय आर्जनमा टेवा पुु¥याउने लक्ष्य राखिएको उनले बताए ।