काठमाण्डौ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले कुवेतसँग खेल्दैछ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज पूर्वान्ह सवा ११ बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् ।
नेपालले पर्सि शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्यान्डसँग,कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोली अर्काे वर्ष मलेसियामा हुने महिला विश्वकपमा छनोट हुनेछ ।