पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम आज गर्दैछ ।
नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज एमाले कास्कीले गर्न लागेको हो ।
एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार गत असोज ११ र १२ गतेको बाढी पहिरोले ठूलो धनजनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले असोज १७ गते घटस्थापनाको दिन गर्ने भनिएको कार्यक्रम स्थागित गरी आजलाई तय गरिएको हो ।
पोखरा सभागृहमा बिहान साढे ७ बजे सुरु हुने कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सम्बोधन गर्नेछन् । एमालेका अनुसार चियापान कार्यक्रममा कास्कीमा क्रियाशील राजनीतिक दल, विभिन्न सामाजिक संघ संस्था लगायतलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ ।
नेपालीका चाडपर्वका अवसरमा प्रत्येक वर्ष नेकपा एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ ।