एमाले कास्कीले कात्तिक १० गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

एमाले कास्कीले कात्तिक १० गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

UML-Gandaki

पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम गर्ने भएको छ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम कात्तिक १० गते एमाले कास्कीले गर्न लागेको हो ।

एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार गत असोज ११ र १२ गतेको बाढी पहिरोले ठूलो धनजनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले असोज १७ गते घटस्थापनाको दिन गर्ने भनिएको कार्यक्रम स्थागित गरी कात्तिक १० गतेलाई तय गरिएको हो ।

पोखरा सभागृहमा बिहान साढे ७ बजे सुरु हुने कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सम्बोधन गर्नेछन् । नेपालीका चाडपर्वका अवसरमा प्रत्येक वर्ष नेकपा एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया