दसैंमा मुस्ताङबाट १६ करोडको भेडाच्याङग्रा बिक्री

दसैंमा मुस्ताङबाट १६ करोडको भेडाच्याङग्रा बिक्री

changra

पोखरा ।  मुस्ताङबाट यो दसैंमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका अनुसार पाँच सय भेडा र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३८ हजारका दरले च्याङग्रा बेचेको केन्द्रले जानकारी दिएको छ ।

गत वर्ष सात हजार भेडाच्याङग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुस्ताङका भेडाच्याङग्रा बिक्री भएको हो । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् ।

जडीवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दसैं तिहारमा हिमाली च्याङग्राको मासुको उपभोग गर्ने चलन रहेको छ ।

प्रतिक्रिया

भर्खरै