गाडेको अवस्थामा मानव कंकाल फेला, ४ जना पक्राउ 

गाडेको अवस्थामा मानव कंकाल फेला, ४ जना पक्राउ 

झापा । झापामा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ । झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।
प्रहरीका अनुसार गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएको र उनको खोजी गर्ने क्रममा कंकाल फेला परेको हो । उनी सम्पर्कविहीन भएपछि उनका बुबा भीमले  प्रहरीकोमा निवेदन दिएका थिए ।
प्रहरीले हजामको हत्यामा सम्लग्न भएको आरोपमा बाह्रदशी–७ का ३१ वर्षीय समीर राजवंशी, २१ वर्षीय आशीष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशीलाई पक्राउ गरेको छ ।  भेटिएको कंकाल राजेशकै भएको उनका परिवारले सनाखत गरेका छन् । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया