दशैंले साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न सहयोग गर्दछ : प्रदेश प्रमुख भट्ट

दशैंले साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न सहयोग गर्दछ : प्रदेश प्रमुख भट्ट

Pradesh Pramukh & Office

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका भएका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार शुभकामना सन्देश जारी गर्दै भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ – ‘महान चाड बडादशैंले हामी सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिएको छु । साथै, यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ भन्ने मलाई लाग्दछ ।’
उनले दशैंले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्प हाँसिल गर्न सहयोग पुग्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds