पोखरा । चाडपर्वले बढेको हवाई चापलाई घटाउन पोखरासहित मुख्य सुगम विमानस्थल आज बिहान ४ : ३० बजेदेखि खुला भएका छन् । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हाे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम घटस्थापना दिन अर्थात असोज १७ गते आजदेखि कात्तिक १ गते पूर्णिमासम्म लागू हुनेछ । यो नियम अनुसार उपकरणको सहायताबाट उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थल रहेका छन् ।
पोखरा विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मी सुवेदीले १७ गते बिहान साढे ४ बजेदेखि नै विमानस्थल सञ्चाालनको तयारी भएको जानकारी दिइन् । अरु बेला विमानस्थलको जनशक्ति साढे ५ बजे आएर ६ बजे सञ्चालन गर्थौ,’ उनले भनिन्,‘ १७ गतेदेिख कात्तिक १ गतेसम्म ४ बजे आएर साढे ४ बजे देखि नै विमानस्थल सञ्चालनको तयारी छ । ’
पोखरा विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएकोमा अब कात्तिक १ गतेसम्म साढे १३ घण्टा सञ्चालन हुनेछ ।