पोखरा । पोखरा १४ चाउथेस्थित विजयपुर खोलामा मृत भेटिएका शिशुको बुबाआमा खोज्न प्रहरी लागि परेको छ । उनको पहिचान अझै खुल्न सकेको छैन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा असोज ११ गते जन्मेका शिशु २ दिनपछि मृत भेटिएका थिए । बाबु आमा पहिचान नहुँदा उनको शवको पोस्टमार्टम समेत हुन नसकेको प्रहरीले बताएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य भएपछि असोज १२ गते अस्पतालले डिस्चार्ज गरेको थियो । तर विजयपुर खोला किनारामा झोलामा उनको शव भेटिएको थियो । बेवारिसे अवस्थामा शिशुको शव भेटिएपछि कास्की प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
स्रोतका अनुसार प्रहरीले शिशुका अभिभावक पहिचान गर्न अहिले नदी किनाराका सिसीटिभी फुटेज हेरिरहेको छ । प्रहरीले शिशुका बाबु आामाकाे नाम ठेगना भने पत्ता लगाइसकेको छ । उनीहरु परिवारको सम्पर्कमा नभएकाे प्रहरीकाे भनाइ छ ।