गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै : छवि

गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै : छवि

Chhabilal-Joshi

पोखरा असोज ९ । सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीको बयान सुरु भएको छ । उनलाई सोमबार जिल्ला अदालत कास्कीबाट सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अनुमति लिएर बयान लिन सुरु गरिएको हो ।

सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा छवि पक्राउ परेका हुन् । जोशीलाई काठमाडौंमा पक्राउ गरी कास्की ल्याएर बयान लिन सुरु गरिएको हो ।

कास्की प्रहरीका अनुसार जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयको रोहवरमा प्रारम्भिक बयान सुरु गरिएको हो । अनुसन्धानमा सम्लग्न प्रहरी अधिकृतका अनुसार प्रारम्भिक बयानमा उनले सहकारीको पैसा गोर्खा मिडियामा ल्याउने आइडिया नै रविको भएको बताएका छन् ।

बयानमा जोशीले आफू सुरुवाती चरणमा गोर्खा मिडियामा सञ्चालक समिति उपाध्यक्ष बनेको र छोटो समयमै लामिछाने र राईबाट अलग भएर बाहिरिएको बताएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया