पोखरा ८ असोज । आजदेखि आगामी शुक्रबारसम्म वर्षाको सम्भावना रहेको छ । मनसुन कमजोर बनेर देशभर गर्मी बढिरहेका बेला आजदेखि वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान शाखाकाले जानकारी दिएको छ ।
आज दिउँसोदेखि बादल लागेर वर्षा हुने सम्भावना रहेको र शुक्रबारसम्म वर्षाको सम्भावना देखिएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार बंगालआसपास बनेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतिर सरेको र स्थानीय वायुको पनि असर र मनसुनी प्रभावका कारण वर्षा हुन लागेको हो ।
आज गण्डकी, कोशी, र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कोशी, बागमती, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने आकलन गरिएको छ । आज राति गण्डकी, कोशी, बागमती र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन महाशाखाले गरेको छ ।