प्रधानमन्त्री केपी ओली र भारतका समकक्षी मोदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी ओली र भारतका समकक्षी मोदीबीच भेटवार्ता

kp nad modi

अमेरिका ७ असोज । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका लागि अमेरिका भ्रमणमा रहेका उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो । नेपाली समय अनुसार आज बिहान सवा ३ बजे ओली र मोदीबीच भेटवार्ता भएको थियो । उक्त अवसरमा भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने बारेमा छलफल भएको भेटवार्तामा सहभागी रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् ।

बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले भेटवार्ता फलदायी भएको उल्लेख बताए ।भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, परराष्ट्रका सहसचिव तथा प्रवक्ता अमृतकुमार राईको सहभागिता रहेको थियो ।

भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस. जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति रहेको थियो । दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको थियो । तेस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो ।

प्रतिक्रिया