काठमाडौं भदौ ३१ । स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको तथ्यांकले देखाएको छ । भ्रष्टाचार नियन्त्रणका लागि भूमिका पाएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेका मुद्दा संख्याले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको देखाएको हो ।
अख्तियारले आइतबार राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन अनुसार मुलुकमा भ्रष्टाचारबढ्दो छ । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले ३४ औं वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन अनुसार अख्तियारले सबै भन्दा बढी संघीय मामिला (स्थानीय तहसमे त) सँग सम्बन्धित भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दर्ता गरेको देखिन्छ ।
२०८० साउनदेखि २०८१ असार मसान्तसम्मको तथ्यांक हेर्दा दर्ता भएका मुद्दामध्ये ३८.९१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन् । त्यसपछि शिक्षासँग जोडिएका स्थानीय तहका मुद्दा छन् । शिक्षासँग जो डिएका भ्रष्टाचारका मुद्दा १५.७९ प्रतिशत दर्ता भएका छन् ।
विगत पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा संघीय मामिलासँग सम्बन्धित स्थानीय तह, शिक्षासँग सम्बन्धित स्थानीय तहतर्फका उजुरी संख्या बढ्दो क्रममा रहेको दखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।