त्रिदिप गुरूङ अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशका अध्यक्षमा चयन भएका छन्।

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको दोस्रो सम्मेलनबाट त्रिदिपको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो।
खुल्ला उपाध्यक्षहरुमा वसन्त भट्टचन, सरोजवल्लभ भट्टराई, अशोक मरहट्टा निर्वाचित भएका हुन्।
त्यसैगरी, समावेशीतर्फको उपाध्यक्षमा कुलबहादुर बुढा निर्विरोध निर्वाचित भएका छन्।
छात्रा उपाध्यक्षतर्फ सिता बराल निर्विरोध निर्वाचित भएका छन्।
प्रमुख सचिवमा सुजन बास्तोला निर्वाचित भए।
त्यसैगरी, खुल्ला सचिवहरुमा प्रदिप ढकाल, विसद उपाध्याय र सन्दिप महतो निर्वाचित भएका छन्।
महिलातर्फको सचिवमा जुना गुरुङ निर्विरोध निर्वाचित भएका छन्।
समावेसी सचिवतर्फ दुर्गा वि.क. निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, कोषाध्यक्षमा अनिल सुनार निर्विरोध निर्वाचित भएका छन्।

This will close in 10 seconds