गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा पुनः शर्मा नियुक्त

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा पुनः शर्मा नियुक्त

चिरञ्जीवी शर्मा Final

गण्डकीका मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन्।

बेनी नगरपालिकाका–१० का स्थायी बासिन्दा शर्मा २०४८ देखि कानुन व्यवसायमा आबद्ध छन्।

शिक्षण पेसामा समेत आबद्ध रहेका शर्मा गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयर पदको उम्मेदवार थिए।

उनी म्याग्दी जिल्ला बारका पूर्व अध्यक्षसमेत हुन्।

यसअघि पनि उनी सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ता थिए।

योसँगै, शर्मा गण्डकीका छैटौँ मुख्य न्यायाधिवक्ता हुन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds