एमाले नवलपुर पूर्वको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

एमाले नवलपुर पूर्वको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

जीवन श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुर पूर्वको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन्।

एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १ सय ३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो।

सोमबारदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशन बिहीबार राति सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुंगिएको हो।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द लामिछाने, महिला उपसचिवमा कल्पना देवकोटा छन्।

कमिटीमा २ सदस्य पछि मनोनयन गरिने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रमेश काफ्लेले जानकारी दिए।

अधिवेशनले सदस्यतर्फ पालिका भूगोलमध्ये प्रत्येक नगरपालिकाबाट खुला ४, महिला २, युवा १ गरी ४ वटा नगरपालिकाबाट २८ जना, गाउँपालिकाबाट खुला २, महिला २, युवा १ गरी ४ वटा गाउँपालिकाबाट २० जना सदस्य निर्वाचित गरेको छ।

जिल्लालाई एउटा भूगोल मानी खुला १४, महिला ९ र युवा ४ गरी २७ सदस्य निर्वाचित भएका छन्।

समावेशीतर्फबाट आदिवासी जनजातिबाट खुला ३, महिला ३, युवा पुरुष १, युवा महिला १, दलिततर्फ खुला ४, महिला २ र युवा १, थारू खुला ३ र महिला १, अल्पसंख्यक १, मुस्लिम १, अपांग १ गरी २२ र मजदुरबाट १ जना जिल्ला कमिटी सदस्य निर्वाचित भएका छन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds