गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वान

गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वान

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई ७ दिनको समय दिएका छन्।

प्रदेश प्रमुख भट्टले २७ चैतभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमतसहित प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गरेका हुन्।

सो दिन दिउँसो ३ बजेसम्मको समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो।

नेकपा एमाले र माओवादी केन्द्र राप्रपासँग मिलेर सरकार बनाउन प्रयासरत छन्।

हेरौं, गण्डकी प्रदेश प्रमुख कार्यालयको सूचना

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds