३ केन्याली धावकले जिते सफल पोखरा म्याराथन

३ केन्याली धावकले जिते सफल पोखरा म्याराथन

Safal PKR Marathon Final

तीन केन्याली धावकले १८ औं संस्करणको सफल पोखरा म्याराथन जितेका छन्।

केन्याली धावक जुलियस मुरिला वाहोमले जितेका छन्।

वाहोमलले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै उपाधि जिते।

उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

अघिल्लो वर्ष उनी उपविजेता भएका थिए।

दोस्रो र तेस्रो उपाधि पनि केन्याकै इसाक किहारा कामिरी र इड्वीन किप्लागेटले जितेका छन्।

कामिरिलले २ घण्टा २० मिनेट ५ सेकेन्डमा र किप्लागेटले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरे।

दोस्रो भएका कामिरीले ३ लाख र तृतीय भएका किप्लागेटले २ लाख रुपैयाँ नगद जिते।

चौथो स्थानमा नेपाली धावक किरण बोगटी रहे।

उनले निर्धारित दूरी २ घण्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरे।

उनले ३० हजार रुपैयाँ प्राप्त गरे।

उता सफल पोखरा हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन्।

पोखरामा शनिबार बिहान भएको १८ औँ संस्करणमा निर्धारित दूरी सन्तोषीले १ घण्टा १८ मिनेट ३९ सकेण्डमा पार गर्दै हाफ म्याराथनको उपाधि जितिन्।

राममाया बुढा तेस्रो तथा फूलमती राना चौथो भएकी छिन्।

फूलमतीले निर्धारित दूरी १ घण्टा १९ मिनेट २२ सेकेण्डमा पार गरिन्।

उनी २० सेकेण्डले दोस्रो हुनबाट चुकिन्।

तेस्रो भएकी राममाया बुढाले निर्धारित दूरी १ घण्टा २१ मिनेट ०७ सेकेण्डमा पार गरिन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds