पोखराका पत्रकारहरु रोहितराज पराजुली र रिखिराम जिसी खेलकुद प्रोत्साहन पत्रकारिता पुरस्कारद्धारा सम्मानित भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयले बुधबार उनीहरूलाई पुरस्कृत गरेको हो।
युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बुले उनीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरे।
पराजुली र जिसीसँगै अन्य ९ जना पत्रकारहरु सो पुरस्कारद्धारा सम्मानित भएका हुन्।
उनीहरूले जनही २५ हजार पुरस्कार प्राप्त गरे।
त्यसैगरी, गोविन्द रेग्मीले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। उनले ५० हजार नगद पनि पाए।
पत्रकारहरुसँगै ९ खेलकुदकर्मी सम्मानित तथा पुरस्कृत भएका छन्।

This will close in 10 seconds