पोखराको रत्न मन्दिर गणतन्त्र दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला गरिदैँ

पोखराको रत्न मन्दिर गणतन्त्र दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला गरिदैँ

Ratna Mandir

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित रत्न मन्दिर आउँदो गणतन्त्र दिवसका दिनदेखि खुला गरिने भएको छ।

यो निकै लामो समयको प्रयासपश्चात सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।

रत्न मन्दिर सर्वसाधारणहरूका लागि कौतुहलताको समेत विषय हो। यसलाई तत्कालीन समयमा राजाहरूले पोखरा आउँदा विश्राम गर्ने थलोका रूपमा प्रयोग गर्ने गरेको र सर्वसाधारणहरूको सहज पहुँच बन्देज गरिएका कारण यसप्रति आम पोखरेलीहरूको कौतुहलता बढेको हो।

रत्न मन्दिरको खुलापनले पोखराको पर्यटन प्रवद्र्धन र पर्यटकहरूको बसाई लम्ब्याउन ठूलो योगदान पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गरे।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds