वसन्त पराजुलीको  `बखान´ उपन्यासमाथि पोखरामा चर्चा

वसन्त पराजुलीको  `बखान´ उपन्यासमाथि पोखरामा चर्चा

bakhan

पोखरा । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष तथा लेखक  वसन्त पराजुलीको  कृति`बखान´ उपन्यासमाथि पोखरामा चर्चा गरिएको छ ।

गुरुङ साहित्यिक मञ्च नेपालले  गरेको कार्यक्रममा प्राडा कुसुमाकर न्यौपाने र गौरी तमूले टिप्पणी गरेका थिए । वक्ता न्यौपानेले बखानसिंह गुरुङको दुखान्त जीवनको कथा उपन्यासमा उल्लेख भएको बताए । कारुणिक भावमा लेखिएको यो उपन्यास बस्तुपरक, यथार्थपरक र अनुसन्धानमुलक भएको न्यौपानेले बताए ।

समीक्षक गौरी तमूले बखान उपन्यास तथ्य र तथ्यांक आधारित भएको बताइन् । राज्यसत्ताले आदिवासी जनजातिलाई पहिल्यैदेखि थिचोमिचो गरेको पनि उनले बताइन् । त्यसैगरी पाठकीय टिप्पणी राख्दै माया गुरुङले बखान उपन्यासमा गुरुङ जातिको जनजीवन समेटिएको बताइन् । गुरुङ जातिको सामाजिक संस्कार, तनहुँ र चितवनको राजनीतिक आन्दोलन साथै चितवनको वस्ती विकासलाई लेखक पराजुली बखानमा उठान गरेको बताइन् ।

कार्यक्रममा बोल्दै लेखक बसन्त पराजुलीले बखान उपन्यासलाई पाठकहरुले धेरै नै  माया गरेको बताए । उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको उपन्यास हो ।

प्रतिक्रिया

भर्खरै