पोखरा २८ मा मानव वेचविखन विरुद्धको स्थानिय समिती गठन

पोखरा २८ मा मानव वेचविखन विरुद्धको स्थानिय समिती गठन

IMG-20260423-WA0007

पोखरा ।
महिला तथा बालबालिकाको सवालमा काम गर्दै आईरहेको संस्था बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीको आयोजना तथा गुड सेर्फड इन्टरनेशनल फाउण्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र वडा कार्यालय पोखरा २८ को समन्वयमा ‟मानव वेचविखन विरुद्धको स्थानिय समिती गठन” गरिएको छ ।
पोखरा २८ को कार्यालयमा आयोजित भेलाले वडा अध्यक्ष श्रीकृष्ण लामीछानेको संयोजकत्वमा १३ सदस्यीय समिती गठन गरेको छ । समितीको सदस्यहरुमा वडा सदस्य डाल्डादेवि भुजेल, ऋखुमाया कुइकेल, तिलु लामिछाने, कलावति भुर्तेल, सिद्धी रावत, मनोहरी पौडेल, प्रहरी सहयक हवल्दार दिनेश गुरुङ्ग, गगां देवि सापकोटा पौडेल, राधिका देवि पौडेल, रामकृष्ण त्रिपाठी रमा तिवारी रहेका छन् भने सदस्य सचिवमा वडाका सचिव महेश्वर अर्याल रहेका छन् ।

कार्यक्रममा पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामीछानेले गठन भएको समितीका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै समिती निर्माण गर्नु र समितीमा छनोट हुनु ठुलो कुरा होइन यस समिती जुन सोचले गठन भएको छ सोही अनुरुप क्रियाशिल हुदै मानव वेचविखनका विभिन्न सवालहरूमा अगाडी बढ्नका लागी अनुरोध गरेका थिए ।
कार्यक्रममा परीयोजनाको कार्यक्रम संयोजक इन्दिरा पराजुलिले आस्था परीयोजनाको कार्यक्षेत्र, यसको उद्धेश्य र यो परीयोजना मार्फत मानव वेचविखनको सवालमा गरीने विभिन्न समन्वयकारी भुमिका तथा यस परीयोजना मार्फत प्रभावित व्यक्तिहरुलाई गरीने सहयोग र त्यसले परीवारमा पुर्नस्थापनाका लागी गर्ने सक्रिय भुमिकाको बारेमा बताएकी थिइन् ।

आयोजक संस्था बाल तथा महिला सशक्तिकरण समाज नेपालका अध्यक्ष मिना लिगलले संस्था मार्फत महिला तथा बालबालिकाको सवालमा शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक तथा राजनैतिक अधिकारको आयामहरुमा के कसरी कार्यक्रमहरु गर्दै आईरहेको छ भन्ने बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सञ्चालन वडा सदस्य डाल्डादेवि भुजेलले गरेकी थिइन् ।

प्रतिक्रिया