भायानेटले दियो फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई लाइफ ज्याकेट

भायानेटले दियो फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई लाइफ ज्याकेट

vianet

पोखरा ।इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले फेवा डुंगा व्यवसायी संगठन र वडा प्रहरी कार्यालय बैदामलाई लाइफ ज्याकेट प्रदान गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै दुई संस्थालाई गरी २ सय वटा लाइफ ज्याकेट वितरण गरेको हो । मंगलबार पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार बाराहीघाटमा आयोजित कार्यक्रममा ज्याकेट प्रदान गरिएको हो । भायानेटका वित्त प्रमुख अरुण कार्कीले फेवा डुंगा व्यवसायी संगठनका कार्यवाहाक अध्यक्ष रुद्र भुजेल र वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक शिशीर भट्टराईलाई ज्याकेट हस्तान्तरण गरेका हुन् ।

संस्थाले फेवा डुंगा व्यवसायी संगठनलाई १ सय ८५ र वडा प्रहरी कार्यालय बैदामलाई १५ वटा लाइफ ज्याकेट दिएको हो । कार्यक्रममा भायानेटका वित्त प्रमुख अरुण कार्कीले फेवातालमा डुंगा सयर गर्ने यात्रुको जीवन रक्षाको लागि लाइफ ज्याकेट प्रदान गरिएको बताए । कार्यक्रममा भायानेटका पोखरा शाखा प्रमुख दिपेश सिग्देलले सामाजिक उत्तरदायित्व अन्तर्गत फेवा डुंगा व्यवसायीलाई सहयोग गरेको बताउँदै आगामी दिनमा पनि अन्य सामाजिक संघ संस्थालाई पनि सहयोग गरिने बताए ।


फेवा डुंगा व्यवसायी संगठनका सचिव शिवरुद्र जिसीले फेवातालमा करिब ८ सय डुंगा सञ्चालनमा रहेको र डुंगामा यात्रा गर्दा लाइफ ज्याकेट अनिवार्य गरिएको बताए । भायानेटले उपलब्ध गराएको लाइफ ज्याकेटलाई सदुपयोग गरिने बताए । कार्यक्रममा उपस्थिति अतिथि लगायतलाई भायानेटको लाइफ ज्याकेट लगाएर फेवातालमा डुंगा सयर गराउँदै बाराही मन्दिर परिक्रमा गराइएको थियो ।

प्रतिक्रिया