मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ चालक नियन्त्रणमा

मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ चालक नियन्त्रणमा

ai picture

तस्बिर : AI

पोखरा । कास्की जिल्लाका विभिन्न स्थानमा सवारी साधन चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको भन्ने जनगुनासोका आधारमा प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ।

 फागुन १० गते बिहान करिब ४ः०० बजेदेखि ६ः०० बजेसम्म वडा प्रहरी कार्यालय रामबजार कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की बाट खटिएको संयुक्त टोलीले विभिन्न स्थानमा सवारी चालकहरूको जाँच गरेको थियो। जाँचका क्रममा ६ जना चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा परेका चालकहरू यसप्रकार छन्–
१) बा.प्र. ०१–००६ ख ७३०० नं.को हाइस चालक धादिङ जिल्ला, सिद्धलेक गाउँपालिका–५ निवासी २४ वर्षीय विवेक घले,
२) FAA ०१३१ नं.को हाइस चालक कास्की जिल्ला, पोखरा महानगरपालिका–२६ बुढीबजार निवासी ३८ वर्षीय निरबहादुर सुनार,
३) ग २ ख १०५१ नं.को बस चालक पर्सा जिल्ला, वीरगञ्ज निवासी ४६ वर्षीय रञ्जित बराल,
४) ग १ ख ९११४ नं.को बस चालक स्याङ्जा जिल्ला, फेदीखोला गाउँपालिका–२ निवासी ३२ वर्षीय बेलबहादुर बिक,
५) ग १ ख ८५३६ नं.को बस चालक कास्की जिल्ला, पोखरा महानगरपालिका–२ निवासी ४० वर्षीय गणेश खड्का,
६) ग १ ख २३०५ नं.को बस चालक कास्की जिल्ला, पोखरा महानगरपालिका–१४ निवासी २९ वर्षीय प्रदीप परियार।

प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले यस्तो कार्य नगर्न सबै चालकलाई सचेत गराउँदै आगामी दिनमा समेत नियमित जाँच अभियान जारी राखिने  कास्जकी प्नहरी प्रवक्ता एवं डिएसपी हरिबहादुरबस्नेतले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

भर्खरै